निर्भया काण्डका दोषीको पुनर्विचार निवेदन खारेज

डिसी नेपाल
२ पुष २०७६ १४:१८

नयाँ दिल्ली। भारतको सर्वोच्च अदालतले निर्भया काण्डका दोषी अक्ष्यको फाँसीको सजाय कायमै राखेको छ । अक्षयले दिएको सजायमा पुनर्विचारको याचिकामा बुधबार तीन न्यायाधीशको बेन्चले सुनुवाइ गरेर याचिका खारेज गरिदिएको हो ।

अक्षयका वकिल एपी सिंहले सुनुवाइका क्रममा केसको जाँच र पीडितको बयानमा प्रश्न उठाएका थिए । करिब ३० मिनेटका दलीलमा सिंहले भने कि पीडितले अन्तिम बयानमा अक्षय वा अन्य कुनै दोषीको नाम लिएकी थिइनन् । पीडितको मृत्यु ड्रग ओभरडोजका कारण भएको थियो । मिडिया र राजनीतिक दबाबमा अक्षयलाई सजाय दिइयो । उनी निर्दोष र गबि छन् । भारत अहिंसाको देश हो । फाँसी मानवअधिकारको उल्लंघन हो ।

यसमा अदालतले प्रस्ट रुपमा उनलाई ठोस कानुनी तथ्य राख्न निर्देशन दिएको थियो । अदालतले उनलाई हाम्रो फैलामा के कमी थियो र किन पुनर्विचार गर्नुपर्यो भनेर प्रश्न गरेको थियो । जसको चित्तबुझ्दो जवाफ नपाएपछि अदालतले फाँसीको सजाय कायम राख्दै पुनर्विचारको याचिका खारेज गरिदिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *