हैदराबादः आरोपीले महिला डाक्टरअघि अरु ९ जनालाई बलात्कारपछि जलाएर मारेका थिए
हैदराबाद। तेलंगनाको हैदराबादमा महिला डाक्टरको बलात्कारपछि हत्या गरी शव जलाउने आरोपीहरुका विषयमा तेलंगना पुलिसले निकै गम्भीर खुलासा गरेको छ । पुलिसको दावीअनुसार ४ आरोपीमध्ये २ जनाले यसअघि पनि ९ जना महिलालाई बलात्कारपछि जलाएर मारेका थिए । बुधबार आएको मिडिया रिपोर्टअनुसार सोधपुछका क्रममा २ जना आरोपीले पुलिसको अगाडि यो कुरा स्वीकार गरेका थिए ।
२७ नोभेम्बरमा चारजना आरोपीले एक भेटेरीनरी डाक्टरलाई बलात्कारपछि जलाएर मारेका थिए । आरोपीहरुलाई पक्राउ गरेपछि ६ डिसेम्बरमा पुलिसले उनीहरुलाई घटनास्थलमा सिन रिक्रिएट गर्नको लागि लिएर गएको थियो । त्यहाँ उनीहरुले पुलिसको हतियार खोसेर पुलिसमाथि नै आक्रमण गरेपछि जवाफी कारवाहीमा पुलिसले चारैजनालाई मारिदिएको थियो ।
आरोपीहरुसँग भएको सोधपुछमा प्राप्त जानकारीको आधारमा साइबराबाद पुलिको एक टिमले कर्नाटकमा छानबिन गरिरहेको छ । एक बरिष्ठ अधिकारीले भने ‘आरोपीहरु मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चेन्ना केशवल्लुले भेटेरीनरी डाक्टरलाई बलात्कार गरेपछि हैदराबादको बाहिरी इलाकामा लगेर जलाइदिएका थिए । आरोपीहरुलाई हिरासतमा लिएपछि हामीले महिलाहरुलाई बलात्कारपछि जलाइएका यस्ता १५ घटनामा उनीहरुको भूमिकाको जाँच गरिरहेका थियौं । यीमध्ये कैयौं घटना तेलंगना र कर्नाटक आइवेमा भएका थिए । चारमध्ये २ आरोपीहरुले ९ आरोपीहरुले ९ अन्य महिलाहरुसँग पनि यस्तै गरेको कुरा कबुल गरेका थिए ।’
अधिकारीका अनुसार पुलिसले यस्ता अन्य घटनाको पनि जाँच गरिरहेको छ र यसका लागि टिम विभिन्न ठाउँमा परिचालन गरिएको छ । पुलिसको यो खुलासा यस्तो समयमा भएको छ जब रकारले ६ डिसेम्बरमा गरिएको इन्काउन्टरको जाँचको लागि विशेष अनुसन्धान टिम गठन गर्न निर्देशन दिइसकेको छ । इन्काउन्टरको जाँचको लागि सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश भीएस सिरपुरकरको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरिएको छ । मंगलबार तेलंगना पुलिसले गरेको खुलासा अनुसार आरिफ अन्य ६ महिलालाई बलात्कारपछि जलाउने अपराधमा संलग्न थिए भने चेन्ना केशवल्लु यस्ता अन्य ३ घटनामा संलग्न थिए ।
तेलंगना पुलिसका अनुसार आरिफ र चेन्ना केशवल्लुले तेलंगनाका सांगा रेड्डी, रंगा रेड्डी, महबूबनगर र कर्नाटकको सीमावर्ती इलाकामा हाइवेमा यी अपराध गरेका थिए । दुवैले बताएअनुसार उनीहरुले हाइवेमा कैयौं महिलाहरुसँगै वेश्याहरु र तेस्रो लिंगीहरुको पनि यौन शोषण गरेका थिए । उनहिरुले ९ घटनामा सबै महिलाहरुलाई भेटेरीनरी डाक्टरलाई जस्तै जलाएर मारिदिएका थिए । साइबराबाद पुलिससँग पहिलेदेखि नै सबै फरेन्सिक रिपोर्ट छ । अधिकारीहरुले छिटै एक क्लोजस रपोर्ट फाइल गर्नेछन् ।
Facebook Comment