तपाईलाई कसैले डर तथा धम्की दिइरहेको छ? यस्तो छ प्रहरीको सुझाव

डिसी नेपाल
२ पुष २०७६ १६:५५

काठमाडौं। समाजमा अनैतिक कार्य गर्नेहरुका बिरुद्ध नेपाल प्रहरीले पछिल्लो समय कडा रुपमा प्रस्तुत हुने तयारी गरेको छ।

चेलीबेटी बेचबिखन, लागुपदार्थ ओसारपसार, ठगी, बेश्यावृति, खोटा सिक्का, अरुलाई धाकधम्की, डुप्लीकेट डकुमेन्ट, सरकारी कागजात तथा सहीछापको दुरुपयोग लगायतका कार्यमा संलग्नहरुलाई नेपाल प्रहरीले खोजीखोजी कारबाही गर्दै आएको छ।

समाजमा खराब स्वभाव भएका कतिपय मानिसहरु सोझासाझालाई धाकधम्की देखाएर ठगी खान पल्केका छन नै। यस्तै सोझासाझालाई डर र धम्की दिनेहरु बिरुद्ध आफू नजिक रहेको प्रहरी तथा नेपाल प्रहरीले उपलब्ध गराएको फोन तथा इमेल मार्फत जानकारी गराउन प्रहरीले सबैलाई अनुरोध गरेको छ।

तपाई कुनै अष्ठ्यारो वा समस्यामा हुनुहुन्छ भने के गर्ने ?

सबै भन्दा सजिलो उपाय भनेको १०० मा फोन गरी आफूलाई धम्की तथा डर त्रास दिनेको बारेमा प्रहरीलाई जानकारी गराउन सक्नुहुन्छ। यदि तपाईलाई थप जानकारी वा मद्दत चाहिएको छ भने सोझै सम्पर्क गर्नसक्नु हुन्छ ।

तपाईलाई कसैले डर तथा धम्कि दिइरहेको छ भने के गर्ने ?

तपाइलाई कसैले, किन, कसरी धम्काएको हो सो को विवरण सहित धम्क्याउने व्यक्तिको पहिचान प्रहरीलाई गराउनुहोस्।

यदि धम्क्याउने व्यक्तिको स्पष्ट पहिचान भएको छैन भने थाहा भएसम्मका सूचना प्रहरीलाई उपलब्ध गराउनुहोस्।

टेलिफोनबाट धम्क्याएको भए सो नम्वर प्रहरीलाई उपलब्ध गराउनुहोस्।

संभव भएसम्म धम्काउने व्यक्तिको धम्काउँदाको आवाज मोवाईल फोन वा यस्तै अन्य कुनै साधनद्वारा रेकर्ड गरी प्रहरीलाई उपलब्ध गराउनुहोस्र।

प्रहरीलाई खबर नगर्दा नै धम्काउने व्यक्तिबाट सुरक्षित हुने सोच राख्नु भएको छ भने त्यो तपाईको भ्रम हो किनकि तपाई सदैव खतरामा रहिरहनु हुनेछ भन्ने तर्क नेपाल प्रहरीको रहेको छ।

प्रहरीलाई घटनाबारे जानकारी गराउन सकिने थप टेलिफोन तथा इमेल ठेगाना यस प्रकार रहेको छः

फोन नं.:- ०१-४४१२७४८ टोल फ्री नं.:- १६६००१४१५१६ मोवाईल नं.:-९८४९०९११३९ CUG मोवाइल नं.:- ९८५१२९८१९८ फ्याक्स नं.:-४४१२७४८

ई.मेल:- cicu@nepalpolice.gov.np , phqigs@nepalpolice.gov.np




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *