सावित्रा र अनिताको ह्याट्रिकमा एपीएफको शानदार जित
काठमाडौं । प्रधानसेनापती अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगितामा उपाधिको दावेदार एपीएफ क्लवले प्रदेश एक लाई ९–० ले हराएको छ । एपीएफको जितमा अनिता बस्नेत र सावित्रा भण्डारीले ह्याट्रिक गरे ।
लगनखेल स्थित आर्मीको मैदानमा भएको खेलमा एपीएफले सुरुवात देखि अन्त्यसम्म लगातार गोल गर्यो । खेलको पाँचौ मिनेटमा पहिलो गोल गरेको एपीएफले इन्जुरी समयसम्म गोल गरेको थियो ।
पाँचौ मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि अनिता बस्नेतले लगातार दुई गोल गर्दै टिमको अन्तर तीन शुन्यमा पुर्याइन । उनले खेलको १६ औं र २१ औं मिनेटमा गोल गरेकी थिइन ।
४० ओं मिनेटमा रेनुका नगरकोटीको गोलमा एपीएफले चार शुन्यको अग्रता बनायो । पहिलो हाफमा चार गोल गरेको एपीएफले दोस्रो हाफमा ५ गोल थप्यो । ४८ औं मिनेटमा अनु लामाले गोल गरिन । त्यसपछि सावित्रा भण्डारीले लगातार तीन गोल थपिन । जसमा उनले ६२ औं, ६५ औं, ७७ औं मिनेटमा गोल गरिन ।
यसका साथै उनले आफ्ना ह्याट्रिक पनि पुरा गरिन । खेलको इन्जुरी समयमा अनिताले पनि गोलगरेपछि ब्यक्तिगत ह्याटिङ पुरा गरिन भने एपीएफले नौ शुन्यको जित दर्ता गर्यो ।
Facebook Comment