कतार टी १०मा म्याच फिक्सिङको अनुसन्धान
एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले कतार टी १० लिगमा हुन सक्ने म्याच फिक्सिङका बारेमा अनुसन्धान सुरु गरेको छ ।
आइसीसीको इन्टिग्रिटी युनिटका प्रबन्ध निर्देशकले प्रतियोगिता अगाडी नै अचानक भएको टिम मालिकको र आयोजक समितीको परिवर्तनले फिक्सिङ हुनसक्ने संकेत गरेकाले जाँच सुरु गरेको बताए ।
यो लिगमा फिक्सिङका लागि कतार मात्र होइन विश्वभरमा रहेका केहि ब्यक्तिहरुका नाम आएको र उनीहरुले फिक्सिङका लागि सबै योजना बनाएको उनले बताए । जसका कारण आइसीसीले कडा कदम चलाउँदै अनुसन्धान सुरु गरेको धारणा राखे ।
यहि डिसेम्बर सात देखि १६ तारिखसम्म भएको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । २४ अन्तराष्ट्रिय खेलाडीका साथै १२ एसोसियट्स खेलाडीको सहभागिता रहेको थियो । जसमा फाइनलमा फाल्कन हन्टर्स र स्विफ्ट गैलोपर्स खेलेका थिए र फाल्कनले चार विकेटको बाजि मारेको थियो ।
Facebook Comment