राष्ट्रिय सभा निर्वाचनमा राजपासंग नेकपाको गठबन्धन

डिसी नेपाल
३ पुष २०७६ ०:२९

काठमाडौं। आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दल नेकपा र विपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा)बीच गठबन्धन गरेर चुनावमा जाने सहमति भएको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा र राजपाबीच राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको हो।

दुई दलबीच भएको दुई बुँदे सहमतिमामा प्रदेश नम्बर २ मा ४ जना सदस्यका लागि हुने निर्वाचनमा २–२ सदस्य लिएर चुनावमा जाने सहमित भएको छ। सहमतिअनुसार ४ सदस्यमध्ये राजपाले अन्य पुरुष र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकको २ स्थानका लागि चुनाव लड्ने छ। राजपाका उम्मेदवारलाई नेकपाले सघाउने छ। यस्तै दलित पुरुष र महिला समूहका नेकपा उम्मेदवारलाई राजापाले सघाउने सहमति भएको छ।

सहमति पत्रमा नेकपाका तर्फबाट दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल र राजपाका तर्फबाट राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्। यी दुई दलबीच प्रदेश नम्बर २ को राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन भएसँगै त्यहाँका चारै सिट यो गठबन्धनको पोल्टामा जाने सम्भावना बढेको छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार विरुद्ध आन्दोलन गर्ने धम्की दिएको राजपाले सत्तारुढ दल नेकपासँग चुनावमा एकाएक गठबन्धन गरेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *