प्रकाश दाहाल स्मृति तेक्वान्दो शुक्रबारदेखि
काठमाडौं । नागदह तेक्वान्दो डोजाङको आयोजनामा प्रथम प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पुस ४ र ५ गते हुने भएको छ ।
प्रतियोगितामा पुम्सेमा ८ र ग्योरोगीमा ४७ गरी ५५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सत्यराम महर्जनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा उपत्यकाका तीनसहित १४ जिल्लाका करिब ५ सय खेलाडीको सहभागिता रहने प्रशिक्षक कविराज मालीले जानकारी दिए । प्रतियोगितामा १३ औं सागमा सहभागी खेलाडीहरुले भाग लिन पाउने छैनन् ।
प्रतियोगिता स्व. दाहालकी पत्नी खानेपानी मन्त्री विना मगरले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख खर्च हुने बताइएको छ ।
प्रतिक्रिया
Facebook Comment