एकदिवसीय क्रिकेटमा पहिलो पटक दुवै टिमका कप्तान ‘गोल्डेन डक’ आउट, कुलदिपको ह्याट्रिक

डिसी नेपाल
२ पुष २०७६ २०:५६

एजेन्सी । भारतको भ्रमणमा रहेको वेस्ट ईण्डिजले आज दोस्रो एकदिवसीय खेल खेलेको छ। विशाखापट्टनममा भएको खेलमा दुवै टोलीका कप्तान पहिलो बलमै बिना रनमा आउट भएका छन्।

टस हारेर पहिला ब्याटिङ गरेको भारतीय टिमका कप्तान विराट कोहली वेस्ट ईण्डिजका कप्तान काईरन पोलार्डको बलमा आउट भएका थिए। उनी पहिलो बलमै रोस्टन चेजको हातबाट क्याच आउट भएका थिए। यसैगरि ३८८ रन को लक्ष्य पछ्याएको वेस्ट ईण्डिजकका कप्तान पोलार्ड पनि पहिलो बलमै आउट भएका थिए। उनी मोहम्मद शमिको बलमा ऋषभ पन्तको हातबाट क्याच भएका थिए।

यसैगरि भारतीय स्पीनर कुलदिप यादवले ह्याट्रिक लिएका छन्। यादवले वेस्ट ईडिण्जका सेई होप, ज्यासन होल्डर र अल्जारी जोसेफलाई आउट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो ह्याट्रिक लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *