मानवमूत्र प्रयोगसम्बन्धी तालीम सम्पन्न

डिसी नेपाल
३ पुष २०७६ ९:४३

सन्धिखर्क । ‘पिसाबलाई हिसाबमा रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ‘मानवमूत्र सङ्कलन र प्रयोग’ सम्बन्धी तीनदिने तालीम सन्धिखर्कको किमडाँडामा सम्पन्न भएको छ।

सन्धिखर्क नगरपालिकाको आयोजनामा भएको सो तालीममा किमडाँडाका अगुवा किसान, विद्यार्थी र शिक्षक गरी १०० जनाको सहभागिता रहेको थियो।

तालीमको समापन अवसरमा सन्धिखर्क नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कृषि उत्पादन वृद्धि गर्न खेर गइरहेको मानवमूत्र र काम नलाग्ने वनस्पतिबाट मल उत्पादन गर्न र उत्पादन लागतमा कमी ल्याउन तालीमको आयोजना गरिएको बताए ।

प्रशिक्षक श्रीरेन्द्रप्रसाद पोखरेलले खेर गइरहेको मानवमूत्र प्रयोग गरे तरकारी उत्पादनमा वृद्धि हुने बताए।

अर्घाखाँचीमा यस्तो खालको तालीम पहिलोपटक प्रदान गरिएको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराइले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *