बिगतको सहमति कार्यान्वयन गर्न नेकपासँग परिवार दलको माग

काठमाडौं। नेपाल परिवार दलले गत प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा तत्कालीन नेकपा एमालेसँग भएको तीन बुँदे सहमतिको कार्यन्वयन गर्नका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ। बुधबार काठमाडौँमा बसेको परिवार दलको केन्द्रीय कार्य समितिको बैठकले विगतको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको हो।
परिवार दलका अध्यक्ष एकनाथ ढकालले राष्ट्रियताको संरक्षण, संविधानको कार्यन्वयन, शान्ति सुरक्षा, जनजीविका, शुशाशन तथा समाबेशी बिकासको लागि युद्ध स्तरमा काम गर्न परिवार दलले सरकारलाई सहयोग गर्ने बताउँदै नेकपाले बिगतमा आफ्नो दलसँग गरेको लिखित तथा मौखिक सहमति कार्यान्वयन गर्ने विश्वाश व्यक्त गरेका थिए।
अध्यक्ष ढकालले मुलुकमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आवश्यकता रहेको र आफ्नो दल सोही निर्माणमा अघि बढेको दाबी गर्दै यथास्थितिबाद, पश्चागामी, अतिबाद र भ्रष्टाचार मुलुकको प्रमुख चुनैती रहेको उल्लेख गर्दै समान मुद्धा, दृष्टिकोण र लक्ष्य भएका दल, समूह तथा स्वतन्त्र ब्यक्तित्वलाई राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।
परिवार दलको कार्यसमिति बैठकले समान दृष्टिकोण, मुद्धा तथा लक्ष्य भयका विभिन्न राजनैतिक दलहरु, स्वतन्त्र व्यक्तित्व तथा समूह लगायत संग बार्ता गरि सहकार्य, एकीकरण वा पार्टीमा प्रवेश गराउन वार्ता समिति गठन गर्ने निर्णय गरेको छ।
राजनैतिक वार्ता समितिको संयोजकमा महामन्त्री बिनोद डाँगी, सदस्यहरु रुपसिंह भण्डारी, गणेशकुमार श्रेष्ठ, रामचन्द्र चौधरी, बिजय राज कट्टेल रहेका छन्। यसैगरी
सामाजिक बार्ता समितिको संयोजकमा मिलन कुमारी राजबंशी, सदस्यहरु लक्ष्मीप्रसाद भण्डारी, राजेशकुमार बिष्ट रहेका छन्।
यसैगरी बैठकले कालापानी, लिपुलेख र लिम्पियाधुराको नेपालको भूभाग समावेश गरी नेपालको नक्शा जारी गर्न तथा नेपाली भूमिको पूर्णरुपमा संरक्षण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
यसैगरी बिदेशमा बसोबास गर्ने नेपाली नागरिकले पनि सोही देशबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्वाचन आयोग तथा नेपाल सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ
यसैगरी परिवार दलले राष्ट्रब्यापी रुपमा पार्टीको प्रशिक्षण, सदस्यता वितरण तथा संगठन विस्तार गर्न दलको सबै तह र तप्का क्रियाशील रहने र प्रशिक्षणको लागि केन्द्रीय सदस्यहरु रुपसिंह भण्डारी, लक्ष्मीप्रसाद भण्डारी, अशोककुमार चौधरीलाई खटाउने निर्णय गरेको छ।
Facebook Comment