पीपीएल : चितवनद्वारा बुटवललाई २ सय ४ रनको विशाल लक्ष

डिसी नेपाल
३ पुष २०७६ १३:१४

पोखरा । चितवन राईनोजले बुटवल ब्लास्टर्सलाई २ सय ४ रनको लक्ष दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले उत्कृष्ट ब्याटिङ गर्दै २० ओभर खेलेर ३ विकेटको क्षतिमा २ सय ३ रन बनाएको हो ।

चितवनका लागि ओपनर कप्तान पारस खड्का र रोहन मुस्तफाले १ सय १७ रनको साझेदारी गर्दै बलियो सुरुवात गरेका थिए । अफताब उद्दिनको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भएका पारसले ४० बलमा ६ चौका र २ छकाको मद्दतले ६३ रन बनाएका थिए । त्यस्तै अर्का ओपनर रोहन मुस्तफाले नट आउट ५६ बलमा ७० रन बनाएका थिए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेखले आक्रामक ब्याटिङ गर्ने क्रममा १९ बलमा ३ चौका र ३ छक्काको मद्दतले ४० रन बनाएका थिए । चितवनका लागि बाबर हायात १ रन सन्नी पटेलले नट आउट ४ र न बनाएका थिए ।

त्यस्तै बुटवलका लागि अफताव अहमदले ४ ओभरमा २१ रन दिँदै २ विकेट र अविनाश बोहराले ४ ओभरमा ४० रन दिँदै १ विकेट लिएका थिए । अब केही बेरपछि २ सय ४ रनको लक्ष लिएर बुटवल ब्लास्टर्स मैदानमा उत्रिदैछ ।

आजको खेलमा आफ्नो अपराजित यात्रा कायमै राख्न चितवन राइनोजले जित हासिल गर्नुपर्नेछ भने अंक तालिकाको शीर्ष स्थानको लागि बुटवल ब्लास्टर्सले जित्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *