पीपीएल : बुटवलविरुद्ध चितवनको १ सय १९ रनको शानदार जित

डिसी नेपाल
३ पुष २०७६ १५:००

पोखरा । चितवन राईनोजले बुटवल ब्लास्टर्सलाई १ सय १९ रनले जित हाँसिल गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले उत्कृष्ट ब्याटिङ गर्दै २० ओभर खेलेर ३ विकेटको क्षतिमा २ सय ४ रनको लक्ष दिएको थियो ।

चितवनका लागि ओपनर कप्तान पारस खड्का र रोहन मुस्तफाले १ सय १७ रनको साझेदारी गर्दै बलियो सुरुवात गरेका थिए । अफताब उद्दिनको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भएका पारसले ४० बलमा ६ चौका र २ छकाको मद्दतले ६३ रन बनाएका थिए । त्यस्तै अर्का ओपनर रोहन मुस्तफाले नट आउट ५६ बलमा ७० रन बनाएका थिए ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेखले आक्रामक ब्याटिङ गर्ने क्रममा १९ बलमा ३ चौका र ३ छक्काको मद्दतले ४० रन बनाएका थिए । चितवनका लागि बाबर हायात १ रन सन्नी पटेलले नट आउट ४ र न बनाएका थिए ।

बुटवलका लागि बलिङमा अफताव अहमदले ४ ओभरमा २१ रन दिँदै २ विकेट र अविनाश बोहराले ४ ओभरमा ४० रन दिँदै १ विकेट लिएका थिए ।

जवाफि ब्याटिङमा आएको बुटवलका लागि सुरुवात राम्रो हुन सकेन । ओपनर अफ्ताबुद्दिन अहमद पहिलो ओभरमै २ रन बनाउँदा करन केसीको बलमा पारस खड्काका हातबाट क्याच आउट हुन पुगे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हर्स टोङ्क इन्निङको दोस्रो ओभरको अन्तिम बलमा १ रन बनाउँदा सन्नी पटेलको एल्बी डब्लु धरापमा परेका थिए ।

अर्का ओपनर शंकर रानालाई करन केसीले विकेट किपर अनिल साहको हातबाट ५ रनको व्यत्तिगत स्कोरमा क्याच आउट गराएका थिए । त्यसपछि चौथो नम्बरमा ब्याटिङ गर्न आएका अर्का ब्याट्सम्यान सन्नी सिंङले इन्निङलाई माथि उकास्ने क्रममा ३३ बलमा १ चौका र ३ छक्काको मद्दतले ३३ रन बनाउँदै विक्रम भुषालको बलमा भुवन कार्कीको हातबाट क्याच आउट भएका थिए ।

अन्य ब्याट्सम्यानहरुमा भिम सार्की २१ बलमा २१ रन, सोमपाल कामी ८ बलमा ३ रन, हरिबहादुर चौहान २० बलमा १२ रन, शेर मल्ल सात बलमा २ रन, विपिन कार्कीले १ रन जोडेक थिए ।

चितवनका लागि बलिङमा करन केसी ३ ओभर ४ बलमा ११ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै रोहन मुस्तफा ३ ओभरमा ५ रन दिँदै २ विकेट, सन्नी पटेल, भुवन कार्की, विक्रम सोब, विक्रम भुषालको नाममा समान एकएक विकेट रह्यो ।

यसअघि एक खेल खेलेको चितवनले पोखरालाई ६ विकेटले हराएको थियो । यो जितसँगै चितवन राइनोज अंक तालिकाको शीर्ष स्थानमै रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *