मुशर्रफलाई फाँसीको सजाय तोक्ने न्यायाधीशलाई पाकिस्तान सरकारले ‘पागल’ घोषित गर्ने

डिसी नेपाल
४ पुष २०७६ १२:३२

काठमाडौं। पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक जनरल परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा फाँसीको सजाय तोक्ने विशेष अदालतको इजलासका प्रमुख न्यायाधीश वकार अहमद सेठलाई पाकिस्तान सरकारले कारवाही गर्ने भएको छ । पाकिस्तानका महान्यायाधीवक्ता अनवर मसूर खानले न्यायाधीश सेठको मानसिक सन्तुलन बिग्रिएको बताएका छन् ।

मुशर्रफको विषयमा विशेष अदालतले बिहीबार जारी गरेको फैसलामा ‘भगौडा (मुशर्रफ अहिले युएइमा छन्) लाई ल्याएर कानुन अनुसार दण्डित गर्नू र यदि यसभन्दा पहिल्यै ऊ मरेमा उसको शवलाई घिसारेर इस्लामाबाद चोकमा ल्याउनू र तीन दिनसम्म त्यहाँ झुण्ड्याएर राख्नू’ भनिएको थियो । तीन न्यायाधीशको इजलामा २ न्यायाधीश मृत्युदण्डको फैसलाको पक्षमा र १ न्यायाधीश विपक्षमा थिए ।

फैसलाको यो भाषाका कारण इजलासका मुख्य न्यायाधीशविरुद्ध विरोधका आवाज उठिरहेका छन् । पाकिस्तानी सेना र सरकार दुवै मुसर्रफको विषयमा अदालतको फैलाको विपक्षमा छन् । पाकिस्तानी मिडिया पाकिस्तान टुडेले सूत्रको हवाला दिँदै लेखेअनुसार पाकिस्तान सरकारले मुख्य न्यायाधीश सेठविरुद्ध सुप्रिम ज्यूडिशियल काउन्सिलमा रेफरेन्स दायर गर्ने फैला गरेको छ । सूत्रका अनुसार प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा मिडिया रणनीति समितिको बैठकमा यस्तो निर्णय भएको हो ।

कानुनी टिमले सरकारलाई यो फैला गैरकानुनी, शरीयत (इस्लामिक कानुन) विरुद्ध र मानवताको पनि विरुद्ध भएको बताएको थियो । कानुनी टिमका अनुसार लाशलाई चौराहामा झुण्ड्याउने कुरा कानुनको सीमाको उल्लंघन हो । प्रधानमन्त्री इमरान खानका अनुसार यो विस्तृत फैसला देशमा अराजकता उत्पन्न गर्ने षड्यन्त्र हो । फैसला गर्ने न्यायाधीशलाई सरकारले कारवाही गर्ने बताउँदै महान्यायाधीवक्ता अनवर मसूर खानले भने ‘यतो व्यक्ति जसको मानसिक सन्तुलन ठिक छैन, ऊ न्यायाधीश रहिरहन योग्य छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *