सभामुख चयन प्रक्रिया ११ गतेबाट हुने

डिसी नेपाल
४ पुष २०७६ १५:०९

काठमाडौं। रिक्त रहेको प्रतिनिधिसभा सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट शुरु हुने भएको छ। शुक्रबार बसेको कार्यव्यवस्था समितिको बैठकले सभामुख यचनका विषयमा छलफल गरेको हो।

शुक्रबार शुरु हने संसद अधिवेशनका विजनेशबारे भएको कार्यव्यवस्था समितिको बैठकमा यो विषयमा छलफल भएको उपसभामुख शिवमाया तुम्बाहाम्फले जनाइन्।

संसदको शुक्रबारको बैठकमा भने राष्ट्रपतिले पठाएको संसदको अधिवेशन आब्हान गरेको पत्र पढेर सुनाउने शोक प्रस्ताव पारित गर्ने तथा हिंउदे अधिवेशनमा सभामुख तथा उपसभामुखको अनुपश्थितिमा संसदको बैठकमा अध्यक्षता गर्ने ७ जना अध्यक्षमण्डलका सदस्यहरुको नाम पढेर सुनाउने कार्यसूची छ।

२०७० को संविधानसभा निर्वाचनमा भक्तपुर २ बाट निर्वाचित काँग्रेस सांसद रामेश्वर ढुंगेलको निधन भएकाले शुक्रबार संसदले शोक प्रस्ताव पारित गर्ने भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *