साम्प्रदायिक दङ्गामा बाह्रको मृत्यु
अबुजा । साम्प्रदायिक दङ्गामा परी नाइजेरियामा बिहीबार कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
देशको दक्षिण भागमा पर्ने “क्रस रिभर” राज्यमा भएको दङ्गाका क्रममा उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
घटनामा परी अरु दर्जनौँ स्थानीय बासिन्दा घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको श्रोतले जनाएको छ । प्रहरीकाअनुसार झडपका क्रममा कैयौँ घरमा आगजनी गरेका छन्, भने सुरक्षाकर्मीहरुले दबाउने प्रयास गरिरहेका छन् ।
क्रस रिभर राज्यका प्रहरी प्रवक्ता केरेवेम अक्पानले मृत्यु हुनेहरुको यकिन तथ्याङ्क भने बताएका छैनन् । घटनास्थलमा १२ वटा शव भेटिएको स्थानीय अधिकारीहरुले बताएको समाचारमा जनाइएको छ ।
घटनामा परेर घाइते भएका २० जना भन्दा बढीलाई उपचारका लागि अझै पनि अस्पतालमा राखिएको अधिकारीहरुले जनाएका छन् ।
Facebook Comment