नेपाल भ्रमण बर्ष नजिकिदै गर्दा पर्यटनमन्त्रीद्वारा विमानस्थलको अनुगमन

डिसी नेपाल
४ पुष २०७६ २२:३८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकश्मिक अनुगमन गरेका छन् ।

नेपाल भ्रमण वर्ष नजिकिएको सन्दर्भमा विमानस्थलको अवस्था र भइरहेको तयारीलगायत कामको अनुगमनका लागि पर्यटनमन्त्री शुक्रबार विमानस्थल पुगेको उनको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्रीका साथ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत पदाधिकारी पनि विमानस्थल पुगेका थिए । विमानस्थलमा अध्यागमनले परिवर्तन गरेको संरचनाको समेत मन्त्री भट्टराईले अवलोकन गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *