लेबनानी नयाँ प्रधानमन्त्रीद्वारा यूरोप र अमेरिकी सहयोग लिएर अघि बढ्ने प्रतिवद्धता

डिसी नेपाल
५ पुष २०७६ ६:१३

बेरूत । लेबनानको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका हसन दिआबले दाँइसे वेलेद्वारा शुक्रबार सम्पेषण गरिएको एक अन्तर्वार्तामा आफ्नो सरकारलाई यूरोप तथा अमेरिकाले पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले वासिङ्टनद्वारा आतङ्कवादी सङ्गठनको कालो सूचीमा राखेको सिया लडाकू समूह हेजबुल्लाहको सहयोगमा आफूलाई प्रधानमन्त्री बनाइएको भन्ने भनाईलाई उनले खण्डन गर्दै आफू एक स्वतन्त्र इन्जिनियर भएको र आफ्नो सरकारका सदस्यहरू पनि स्वतन्त्र प्राबिधिक ल्याउने आफ्नो इच्छा रहेको बताए ।

पूर्व शिक्षामन्त्रीसमेत भैसकेका प्रधानमन्त्री दिआबले भन्नुभयो,“मेरो लक्ष्य स्वतन्त्र प्राविधिकहरूको बनाउने र देशलाई वर्तमान आर्थिक तथा राजनीतिक सङ्कटबाट निकाश दिने रहनेछ।” उनी लेबनानको एक अमेरिकी विश्वविद्यालयमा लामो समय प्राबिधिक (इन्जिनियरिङ) बिषयका प्राध्यापक हुन् ।

लेबनानको राजनीतिक तथा आर्थिक समृद्धिका लागि मेरो काम अहिलेसम्म लेबनानले पाएभन्दा फरक किसिमको हुनेछ । सरकारमा महिला सहभागितालाई पनि प्राथमिकता दिइनेछ।

अमेरिकाबाट हेजबुल्ला समूहको समर्थनमा बनेका प्रधानमन्त्रीलाई सहयोग नमिल्ने हल्लाहरू फैलिएको तर आफूले कुनै समूहको हितभन्दा माथि देशलाई राख्ने पनि उनले बताए ।

उनले भने, “यसमा अमेरिकी सरकार र यूरोपको पूर्ण सहयोग हुनेछ ।”

सुन्नी र सिया मुसलमानको विवादका कारण लेबनानको राजनीतिक तथा आर्थिक अवस्था दयनीय रहेको भन्दै उनले सबैलाई मिलाएर लाने पुलको भूमिका खेल्ने बताए ।

लेबनानका निवर्तमान प्रधानमन्त्री साद हरिरिको राजिनामापछि उनलाई बिहीबार नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको थियो।

लेबनानमा भ्रष्टाचार र साम्प्रदायिक विवादका कारण लामो समयदेखि राजनीतिक अस्थिरता हुँदा यहाँको अर्थतन्त्रमा नराम्रो प्रभाब परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *