आजको मौसमः हिमाली क्षेत्रमा हिमपात तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौं । केही दिनदेखि काठमाडौँ लगायत देशभर पश्चिमी वायूको प्रभाव जारी छ ।
आज (शनिबार) पनि पश्चिमी वायूको प्रभाव पर्ने हुँदा देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखामा अनुसार आज पनि देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष ५ गते (शनिवार)
दिउँसो: देशको पश्चिमि भू-भाग लगायत मध्य तथा पूर्वी पहाडि भु-भागमा सामान्य वदली र अन्य स्थानहरुमा आंशिक वदली रहनेछ। देशका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
राती: देशभर आंशिक देखि सामान्य बदलिको अवस्था रहनेछ। देशका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
पौष ६ गते (आइतवार)
दिउँसो: : देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।
राती: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।
पौष ७ गते (सोमवार)
दिउँसो: : देशको पूर्वी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।
राती: देशको पूर्वी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
देशको उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात/वर्षा हुने संभावना देखिएको र तापक्रममा गिरावट आइ चिसो बद्ने हुनाले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा अनुरोध छ।
Facebook Comment