राहुल द्रविडका छोराले पनि क्रिकेटमा मच्चाए सनसनी

डिसी नेपाल
५ पुष २०७६ ९:१५

काठमाडौँ । भारतीय पूर्व कप्तान राहुल द्रविडका छोरा पनि पिताकै बाटोमा हिँडिरहेका छन् । द्रविडका छोरा समितले हालै १४ वर्षमुनिको जुनियर क्रिकेटमा सनसनीपूर्ण इनिङ खेलेका छन् । १४ वर्षका समितले कर्नाटका स्टेट एसोशियसनको जुनियर लिगमा दोहोरो शतक बनाएका छन् ।

समितले भाइस प्रेसिडेन्ट टिमबाट खेल्दै धारवाड जोनविरुद्ध पहिलो इनिङमा २५६ बलमा २२ चौकासहित २०१ रन बनाएका हुन् । उनले दोस्रो इनिङमा ९४ रन बनाए । समितले बलिङतर्फ पनि २६ रन दिएर ३ विकेट लिए । समितले २०१८ मा पनि स्टेट एसोसियसन कर्नाटकाको एक खेलमा १५० रनको पारी खेलेका थिए ।

समितले दुई बर्षअघि बैंगलोर युनाइटेड क्लबबाट खेल्दै १२५ रन बनाएका थिए । उनले ९ बर्षको उमेरमा अन्डर १२ प्रतियोगितामा ७७, ९३ र ७७ गरी तीन अर्धशतक बनाएर उत्कृष्ट ब्याट्सम्यानको अवार्ड समेत जितेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *