दाङको शान्तिनगर र दङ्गीशरणलाई पुग्ने गरी ५ करोडको खानेपानी योजना शुरु

दाङ । प्रदेश नं ५ को आर्थिक सहयोगमा दाङको पश्चिम क्षेत्रमा पर्ने शान्तिनगर र दङ्गीशरणलाई पुग्ने गरी करीब रु पाँच करोडको लागतमा खानेपानी योजना शुरु भएको छ।
शान्तिनगर गाउँपालिकाका वडा नं ३, ४ र दङ्गीशरण गाउँपालिका वडा नं ६ लाई खानेपानीको पहुँच पुग्ने गरी प्रदेश सरकारबाट यसै वर्षदेखि शुरु हुनेगरी बजेट विनियोजन गरिएको छ।
रु चार करोड ९९ लाख लागतको ‘गैरीखेत चिसापानी खानेपानी योजना’ नाम दिएर शुरु गरिएको योजनाको प्रदेशसभा सदस्य विमला वलीले शिलान्यास गरेकी हुन् ।
प्रदेशसभा सदस्य वलीका अनुसार चालू आर्थिक वर्षबाट निर्माणको काम हुने योजनाको ट्याङ्की निर्माणका लागि रु ७० लाख र पाइपलाइन विस्तार तथा व्यवस्थापनका लागि करीब रु एक करोड १७ लाख बराबर ठेक्का प्रक्रियामा अगाडि बढाइको छ।
गैरीखेत चिसापानी खानेपानी समितिका अध्यक्ष गोमनबहादुर ओलीले खानेपानी योजना सम्पन्नपछि दुई गाउँपालिकाका करीब दुई दर्जन गाउँमा खानेपानी पुग्ने बताए ।
Facebook Comment