पीपीएलः विराटनगरलाई काठमाडौंद्वारा १ सय ६० रनको लक्ष्य

डिसी नेपाल
५ पुष २०७६ १३:१६

पोखरा । शनिबार पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत भएको खेलमा काठमाडौं गोल्डेनले विराटनगर टाइटन्सलाई १ सय ६० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले पुरा ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।

काठमाडौंका लागि ओपनर गौरभ तोमर टिक्न सकेनन् । उनी ६ बल खेलेर शुन्य रनमै किशोर महतोको बलमा शाहव आलमको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अमित श्रेष्ठ १५ बलमा १७ रन बनाउँदै नोमन खानको बलमा बोल्ड हुन पुगे ।
अर्का ओपनर किसन कोल्सावालाले इनिङलाई उकास्दै लैजाने क्रममा अर्धशतक बनाएर पुनीत मेहराको बलमा शाहब आलमको हातबाट क्याच आउट हुन पुगे ।

उनले ४३ बलमा ५ चौका र २ छक्काको मद्दतले ५५ रन बनाए । चौंथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान ज्ञानेन्द्र मल्ल पनि इनिङलाई उकास्ने क्रममा मेहराकै बलमा जितेन्द्र मुखियाको हातबाट क्याच आउट हुन पुगे । उनले ३३ बलमा ३ चौका र २ छक्काको मद्दतले ४५ रन बनाए । छैटौं नम्बरमा ब्याट समातेका सुबोध भाटी ९ बलमा १४ रन बनाउँदै जितेन्द्र मुखियाको बलमा नोमन खानको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै पवर सर्राफ र आदिल खानले अविजित क्रमश ५ र १३ रन लिए ।

त्यस्तै विराटनगरका लागि पुनीत मेहराले ३ ओभरमा १५ रन दिँदै २ विकेट लिए । भने नोमन खानले ४ ओभरमा ३८ रन दिँदै १ विकेट, किशोर महतो ३ ओभरमा १ मेडन फालेर ३३ रन दिँदै १ विकेट, जितेन्द्र मुखिया ३ ओभरमा २० रन दिँदै १ विकेट लिए ।

यसअघि तीनवटा खेल खेलेको काठमाडौं १ जित र २ हारसहित अंक तालिकाको तेस्रो नम्बरमा छ । भने दुईवटा खेल खेलेको विराटनगर १ जित १ हारसहित अंक तालिकाको चौंथो नम्बरमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *