ए डिभिजन लिगमा जावलाखेलको पहिलो जित

डिसी नेपाल
५ पुष २०७६ १५:०५

काठमाडौं। अफ्रिकी खेलाडी ड्याडी जुनियर वाम्बाले गरेको एकमात्र गोलमा प्रभू जावलाखेल युथ क्लबले शनिबार कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित हासिल गरेको छ। सहरी प्रतिद्वन्द्वी रुस्लान थ्री स्टार क्लबविरुद्धको ललितपुर डर्बीमा गोलरहित बराबरी नतिजा निकाल्दै लिगको नयाँ सिजन सुरु गरेको जावलाखेलले शनिबार दोस्रो खेलमा सरस्वती युथ क्लबमाथि १-० को जित निकाल्यो। जावलाखेललाई जित दिलाउन वाम्बाले पहिलो हाफमै गोल गरेका थिए।

खेलको म्यान अफ दि म्याच जावलाखेल युथ क्लबका सुरजज्यु ठकुरी भए। उनले केल्मीद्धारा प्रायोजित १० हजार रुपैयाँबराबरको गिफ्टह्याम्पर पाए। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा टोलीले गोलका थप केही अवसर सिर्जना गरे पनि गोल भने हुन सकेनन्। जारी लिगमा दुवै टोलीको यो दोस्रो खेल हो। दुवै टोलीले पहिलो खेलमा जित हासिल गर्न सकेका थिएनन्।

पहिलो खेलमा सरस्वती एनआरटीसँग ४-० को नतिजामा पराजित भएको थियो भने जावलाखेलले सहरी प्रतिद्वन्द्वी रुस्लान थ्री स्टार क्लबविरुद्धको ललितपुर डर्बीमा गोलरहित बराबरी नतिजा निकालेको थियो। जारी लिगअन्तर्गत केहीबेरमा दशरथ रङ्‍गशालामा सङ्‍कटा क्लब र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *