ए डिभिजन लिगः जावलाखेलको पहिलो जित, सरस्वतीको लगातार दोस्रो हार
काठमाडौं । जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले पहिलो जित निकालेको हो ।
जावलाखेलको जितमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले निर्णायक गोल गरे । उनले खेलको १० औं मिनेटमा गोल गरे ।
पहिलो खेलमा जावलाखेलले थ्री स्टारसँग गोलरहित बराबरी खेलेको थियो । जितसँगै जावलाखेलले २ खेलमा ४ अंक जोडेको छ ।
सरस्वतीको लगातार दोस्रो हार हो । अंक विहीन सरस्वती पहिलो खेलमा एनआरटीसँग ४(० ले पराजित भएको थियो ।
प्रतिक्रिया
Facebook Comment