एसियाली ग्रान्ड स्लाम बक्सिङमा भुपेन्द्रलाई रजत, मिनु फाइनलमा
काठमाडौं । चीनमा जारी एसियाली ग्रान्ड स्लाम बक्सिङ प्रतियोगितामा नेपालका भुपेन्द्र थापा मगरले रजत पदक जितेका छन् ।
चीनको जिङयाङमा पुरुष ६४ केजीमा भुपेन्द्रले रजत जितेका छन् । भुपेन्द्र फाइनलमा चाईनीज ताइपेइका मुक्केबाज वाङ जिया–ज्योनसँग स्प्लिट डिसिजनको आधारमा ३–२ ले पराजित भएका थिए ।
रजत जितेसँगै भुपेन्द्रले ५ सय डलर पनि हात पारे । भुपेन्द्र नेपालमा सम्पन्न १३ औं सागका स्वर्णधारी खेलाडी हुन् ।
यस्तै नेपालकी मिनु गुरुङ फाइनलमा पुगेकी छिन् । महिला ५४ केजीमा मिनु चाईनीज ताइपेइकी मुक्केबाज ताओ यिङ युलाई अंकको आधारमा हराउदै उपाधि नजिक पुगेकी हुन् ।
सागका स्वर्णधारी मिनुले उपाधिका लागि फिलिपिन्सीकी नाइस जा डेटेक्लसँग खेल्ने छिन् ।
प्रतिक्रिया
Facebook Comment