बिग ब्यास लिगमा मेलबर्नको खेल आईतबार, सन्दीप टिममा पर्लान् ?
काठमाडौं । अष्ट्रेलियन क्रिकेट प्रतियोगिता बिग ब्यास लिगमा सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले दोस्रो खेल आईतबार खेल्दैछ ।
पहिलो खेलमा जित निकालेको सन्दिपको टिम मेलबर्नले दोस्रो खेलमा होबर्ट हुरीकेन्ससँग खेल्नेछ । भोलीको खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने खेल्ने नखेल्ने बराबर संभावना रहेको छ ।
पहिलो खेलमा चार ओभरमा ३८ रन दिएर एक विकेट लिएका सन्दिप केहि महंगो भएका थिए ।
यी दुई टिमले पछिल्ला पाँच खेलमा भिड्दा तीन खेलमा मेबर्न स्टार्स र दुई खेलमा होबर्ट विजयी भएको छ । होबर्टले पछि पहिलो खेलमा जित निकालेको थियो । भोली विजयी हुने टिमले चार अंक बनाउनेछ । त्यसैले दुबै टिमको लक्ष्य जित हुनेछ ।
प्रतिक्रिया
Facebook Comment