आइतबार पनि सबै देशको भाउ बढ्यो, कुन देशको विनिमयदर कति ?

डिसी नेपाल
६ पुष २०७६ ७:०८

काठमाडौं । गत शुक्रबारको तुलनामा आज (आईतबार) पनि अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ । शुक्रबार बढेको यूके पाउण्ड बाहेक आज सबै देशको विनिमयदर बढेको हो । शनिबार नै सबै देशको विनिमयदर बढेको भएपनि सार्बजनिक बिदा भएका कारण आजमात्रै बढेको दरमा कारोबार हुँदैछ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५० पैसा तथा बिक्रिदर ११४ रुपैयाँ १० पैसा रहेको छ। शुक्रबार डलरको भाउ ११३ रुपैयाँ ३६ पैसा रहेको थियो ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ८० पैसा र बिक्रिदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ७० पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ २ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ६१ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *