आज डिसेम्बर २२ः यो वर्षकै सबैभन्दा छोटो दिन

डिसी नेपाल
६ पुष २०७६ ८:३३

काठमाडौँ । आज डिसेम्बर २२ तारिख अर्थात यो वर्षकै सबैभन्दा छोटो दिन । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले डिसेम्बर २१, २२ र २३ मध्य एक दिन सबैभन्दा छोटो दिन र रात लामो हुने गर्छ ।

दिन छोटो भएसंगै आजदेखि औपचारिक रुपमा जाडो शुरु भएको मानिने गर्दछ ।

आज बिहान ६ बजेर ५१ मिनेटमा झुल्किएको घाम भरे बेलुका ५ बजेर १४ मिनेटमा अस्ताउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

डिसेम्बर २०, २१ वा २३ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुने गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *