लेस्टरलाई हराउँदै म्यान्चेस्टर सिटीले लेस्टरको अग्रता छोट्यायो
काठमाडौँ । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टरलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टरको जितमा रियाद महारेज, इके गुण्डोगन र गाब्रियल जिससले एक एक गोल गरेका थिए भने लेस्टरका लागि जामी भार्डीले एक गोल गरेका थिए ।
लिगमा दोस्रो र तेस्रो स्थानमा रहेका यी क्लबका बीचको यो खेलपछि लेस्टर सिटीभन्दा अझै एक अंकले अगाडि रहदै दोस्रो स्थानमा कायम रहेको छ । यद्यपि सिटीले लेस्टरको ४ अंकको अग्रतालाई छोटयाएर १ अंकमा झारेको छ ।
लेस्टरको यो हारपछि १८ खेलमा ३९ अंक भएको छ भएन म्यानचेस्टर सिटीको १८ खेलमा ३८ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुल भने १७ खेलमा ४९ अंक सहित शिर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment