बुलेटप्रुफ ज्याकेटलाई पनि छेडेर भित्र छिर्यो गोली, पर्सले बचायो सिपाहीको ज्यान
नयाँ दिल्ली। भारतमा भइरहेको नागरिकता कानुन विरोधी प्रदर्शनको क्रममा उत्तर प्रदेशको फिरोजाबादमा ड्युटीमा रहेका पुलिसकर्मीको छातीमा गोली लाग्यो । गोली उनको बुलेटप्रुफ ज्याकेटलाई पनि छेडेर भित्र पस्यो तर यो गोली ती पुलिसकर्मीले सर्टको खल्तीमा राखेको पर्सले छेक्यो । तस्वीरमा पुलिसकर्मीको पर्समा फसेको गोली देखिएको छ ।
फिरोजाबादमा नागरिकता कानुनको विरोधमा भइरहेको प्रदर्शनमा कन्स्टेबल विजेन्द्र कुमार ड्युटीमा तैनाथ थिए । यस क्रममा उनले बुलेटप्रुफ ज्याकेट लगाएका थिए । उनले आफ्नो पर्स सर्टको खल्तीमा राखेका थिए । एक्कासी उनलाई छातीमा गोली लाग्यो । गोतीको रफ्तार यति तिव्र थियो कि उनको बुलेटप्रुफ ज्याकेटलाई पनि छेडेर भित्र पस्यो । तर, गोली सर्टको खल्तीमा राखेको पर्समा फस्यो ।
विजेन्द्र कुमारले यो घटनाको स्मरण गर्दै आफ्नो पुनर्जन्म भनेका छन् । उनका अनुसार पर्समा ४ एटिएम कार्ड थिए । साथमा केही देवी देवताका तस्वीर थिए । तिनै एटिएम कार्डमा गोली फसेको थियो । गोली प्रदर्शनकारीको तर्फबाट फायर भएको थियो ।
Facebook Comment