पाकिस्तानी ब्याट्सम्यानले १२ वर्षपछि बनाए इतिहास, क्रिकेट इतिहासमै दोस्रो घटना

डिसी नेपाल
६ पुष २०७६ १४:१९

काठमाडौं। पाकिस्तानी ब्याट्सम्यानले क्रिकेट क्षेत्रमा अद्भूत उपलब्धी हासिल गरेका छन् । पाकिस्तानको लागि टेस्ट क्रिकेटमा ब्याटिङ गर्न एकपछि अर्को गर्दै गएमा ४ जना ब्याट्सम्यान सबैले शतक बनाएका छन् । पाकिस्तानका लागि ओपनर शान मसूद र आबिद अली, ३ नम्बर ब्याट्सम्यान अजहर अली र ४ नम्बर ब्याट्सम्यान बाबर आजम सबैले शतक बनाए ।

कुनै पनि टिमका सुरुवाती चारैजना ब्याट्सम्यानले एउटै इनिङमा शतक बनाएको यो क्रिकेट इतिहासमै दोस्रो घटना हो । यसअघि २००७ मा भारतका सुरुवाती ४ जना ब्याट्सम्यानले यो उपलब्धी हासिल गरेका थिए । बंगलादेशविरुद्ध भएको त्यो खेलमा भारतका दिनेश कार्तिक (१२९), वसीम जाफर (१३८), राहुल द्रविड (१२९) र सचिन तेन्दुलकर ले १२२ रन बनाएका थिए ।

पाकिस्तान र श्रीलंकाबीचको जारी टेस्टमा पाकिस्तानका शान मसुदले १३५, आबिद अलीले १७४, कप्तान अजहर अलीले ११८ र बाबर आजमले नटआउट १०० रन बनाए । आबिद करिअरको सुरुवाती २ टेस्टमा शतक बनाउने पाकिस्तानका पहिलो र संसारभरका ९ औं खेलाडी बनेका छन् । उनी डेब्यू वनडे र डेब्यू टेस्ट दुवैमा शतक बनाउने विश्वकै एकमात्र खेलाडी पनि हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *