कांग्रेस विवाद समाधान गर्न दोस्रो तहका नेता सक्रिय

डिसी नेपाल
६ पुष २०७६ १४:४४

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको आन्तरिक विवाद समाधान गर्न नेताहरु छलफलमा जुटेका छन्। कांग्रेस संस्थापन पक्ष र असन्तुष्ट पक्षले गठन गरेको वार्ता टोलीका सदस्य विवाद समाधानका लागि छलफलमा जुटेका हुन्।

उपसभापति विमलेन्द्र निधि र पूर्व महामन्त्री प्रकाशमान सिंह सिंह निवास चाक्सीबारीमा छलफलमा जुटेको नेता सिंक निकट एक नेताले जानकारी दिए। छलफलमा केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू र हृदयराम थानीपनि सहभागी छन्। पुस १० गते बस्ने केन्द्रीय समिति बैठक अगाडि नै सहमति जुटाउने नेताहरुले जनाएका छन्।

कांग्रेसभित्र विभाग गठन गर्ने र १४ औं महाधिवेशनको कार्यकतालिका सार्वजनिक गर्ने विषयको विवाद उत्कर्षमा पुगेको छ। संस्थापन पक्ष कार्यकतालिका सार्वजनिक नगरी विभाग गठन गर्न चाहन्छ भने संस्थापन इतर पक्ष पहिला १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने अडानमा रहँदा जारी केन्द्रीय कार्यसमिति बैठक समेत प्रभावित बनेको छ।

संस्थापन पक्ष पूर्वसहमतिअनुसार ६० / ४० को भागबन्डा गर्न तयार नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट देखिएको छ। पछिल्लो समय सभापति देउवाले विधानविपरीत पार्टीका रिक्त विभाग गठन गर्ने तयारी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलल समूह असन्तुष्ट छ। देउवाले विधानमा व्यवस्था भएको २८ वटा विभागलाई बढाएर ४१ वटाको प्रस्ताव गरेका छन्।

पहिला संस्थापन पक्षले ६० र पौडेल समूहलाई ४० प्रतिशत गरी भागबन्डा गरेर पार्टीलाई एकढिक्का बनाउने पूर्वसहमति गरिएको थियो। तर अहिले आएर संस्थापन पक्ष पूर्व सहमतिबाट पछि हटेपछि सहमतिको वातावरण बिग्रिएको हो।

संस्थापन पक्ष २०७७ सालमा १४औँ महाधिवेशन गर्ने गरी प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक रूपमा तयार भए पनि विभाग र भ्रातृ संस्थाको गठनको विषयमा सहमति जुट्न बाँकी छ। पौडेल समूहको मुख्य माग १४औँ महाधिवेशनको कार्यतालिका आउनुपर्ने हो।

कांग्रेसको गत साउनमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानले व्यवस्था गरेअनुसार अन्तरिम संरचनाको समायोजनको काम सहमतिबाट मंसिरभित्रै टुंग्याउन सहमति गरेको थियो। सो बैठकमा अन्तरिम व्यवस्थाअनुसारको संरचना गठन गरेर महाधिवेशनमा जाने कांग्रेसले शीर्ष सहमतिबाट निर्णय लिएको थियो। कांग्रेसको त्यसयताका हरेकजसो बैठक बिनानिर्णय टुंगिँदै आएका छन्।




प्रतिक्रिया

One thought on “कांग्रेस विवाद समाधान गर्न दोस्रो तहका नेता सक्रिय

  1. ” बाहुन अलच्छिन ” भनेको 100 % हो रहिच। बाहुन को आफ्नो निजी स्वार्थ र मौजमस्ती मात्रै हेरेको रहिच :- नहुने नहुने बाटो हिड्ने , बांग्लादेश सग हातेमालो गर्न पो गएछ। होना त बाहुनको आफ्नो स्वार्थ :- नेपालमा बाहुन बसनै मिल्दैन , केहि परेमा बांग्लादेश जाने होला। त्यसैले एकदम धेरै हिमचिम र हातेमालो गरेको छ। (१) नेपाल भनेको , आफै नेपाल हो , माथि नै हो :- बंगलादेश नेपाल जस्तो हैना। बिश्व ले नेपाल लाई हेर्ने नजर , बांग्लादेश भन्दा , 1000 हजार गुना माथि छ। तर यस्तो हिमचिम बढाएपछि नेपाल र बंगलादेश उस्तै भन्छ की भन्दैन ? भन्नै किन परयो , त्यस्तै किसिमको ब्यबहार गर्दिए सकियो (२) नेपाल माथि हो , मुस्सलवान राष्ट्र संग वास्ता नगरु भन्दा मिल्छ :- भयेना भनेर , ” किरा परेको जस्तो जनशन्ख्या भएको बंगलादेश ” ” बिश्व मा बदनाम र मुस्सलवान देशहरुले पनि बिस्वास नगर्ने , बंगलादेश र पाकिस्तान जस्तो देश हरु संग सम्बन्ध बढाउने किन ??? (३) त्यस्तो खराब देश हरु संग Nepal Army Chief चीफ साफ़ लाई पठाउने लागेछ :- बाहुन अत्ति खराब ! बाहुन ले बोलाएको छ नि त बंगलादेश को मंत्री प्रधानमंत्री लाइ नेपाल आऊ भनेर :- हो त्यो , लुकाउनको लागि , चीफ साब ले बोलायो भन्ने पारनको लागि , चीफ साफ़ लाइ बंगलादेश पठाउन लागेछ। (४) Nepal Army को Chief नेपाल आर्मी को चीफ , बंगलादेश जाने भन्दा अगाडी नै बाहुन ले बोलाइसकेछ। (५) जब की नेपालको आर्मी Nepal Army World standard को हो :- नेपाल ले नै British Army , indian Army , Singapoor धान्नेको छ। त्यो किन जाने बंगलादेश भनेको ???? (५) बाहुन अत्ति खराब , Nepal Army जस्तो कुरो जस्तो पायो यस्तो बदनाम देश पठाउने ????

Leave a Reply

Your email address will not be published. Required fields are marked *