बौद्ध घटनामा युवती पक्षः ‘लिंग काटेको होइन, बलात्कारबाट जोगिन खोज्दा चोट लागेको हो’
काठमाडौं। राजधानीको बौद्धमा केही दिनअघि एक युवकको लिंग काटिएको विषयमा युवती पक्षले आफूहरु पीडित भएको तर प्रहरीले पीडिकलाई पीडित भनेर आफूहरुमाथि अन्याय गरेको दावी गरेका छन् । बौद्धमा प्रेम छुटेपछि एक युवतीले पूर्वप्रेमीको लिंग काटेको भन्दै युवतीलाई प्रहरीले पक्राउ गरेको थियो ।
आज पत्रकार सम्मेलन गर्दै युवती पक्षले प्रहरीले घटनाको वास्तविकता नै नबुझी मुद्दा अगाडि बढाएको आरोप लगाएका हुन् । उनहिरुको दावी अनुसार त्यस दिन युवतीको कोठामा पुगेका युवकले बलात्कारको प्रयास गरेपछि युवतीले आत्मरक्षा गर्ने क्रममा युवकको लिंगमा चोट लागेको हो ।
पत्रकार सम्मेलनमा बताइएअनुसार ती दुईको पहिले प्रेम सम्बन्ध थियो । तर, पछि युवकले प्रेम सम्बन्ध अगाडि बढ्न नसक्ने बताएका थिए । त्यसपछि भेटेका बेला युवकले यौन सम्बन्धको प्रस्ताव गरेका थिए । युवतीले सम्बन्ध अगाडि नबढ्ने अवस्थामा युवकले आफ्नो यौन शोषण मात्र गर्न चाहेको भन्दै प्रस्ताव अस्वीकार गरेकी थिइन् । त्यसपछि उनले जबरजस्ती गर्न खोजेपछि युवतीले प्रतिकार गर्दा चोट लागेको हो ।
युवती पक्षका अनुसार उनीहरुले बलात्कार प्रयास अभियोगमा उजुरी दर्ता गर्न चाहेका थिए तर प्रहरीले उजुरी लिन नमानेको उनीहरुले आरोप लगाएका छन् । युवक पक्षले प्रहरीलाई उजुरी नलिन दबाब दिएका कारण प्रहरीले उजुरी नलिएको उनीहरुको आरोप छ । उनहिरुले प्रहरीले पीडितलाई पीडक र पीडकलाई पीडत बनाएर युवतीमाथि ज्यान मार्ने उद्योग मुद्दा चलाएको उनीहरुको आरोप छ ।
Facebook Comment