सुनसरीमा एसएमजि हतियार सहित नौ हजार ९८२ गोली बरामद

डिसी नेपाल
६ पुष २०७६ १९:४१

इटहरी । सुनसरीको बराहाक्षेत्र नगरपालिका–५ स्थित खेमराज प्रधानको कुखुरा पाल्ने खोर मुनि गाढेर राखेको अवस्थामा एक थान एसएमजि र विभिन्न हतियारमा प्रयोग हुने नौ हजार ९८२ राउण्ड गोली फेला परेको छ ।

पूर्वी पृतना मुख्यालय इटहरीलाई प्राप्त विशेष सूचनाका आधारमा नेपाली सेनाले गाढेको ठाउँबाट खनेर निकालेको हो । करीब पाँच वर्ष अगाडि ढलान गरेर निमार्ण गरेको कुखराको खोरमा भेटिएको गोली तत्कालीन द्वन्द्वकालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ । धेरै वर्षदेखि उक्त ठाउँमा प्रधानले कुखुरापालनसमेत गर्दै आएका थिए ।

प्रारम्भिक चरणमा प्रहरीले मुचुल्का उठाउँदै यो कहिले र कस्ले गोढेर राखेको अहिले भन्न नसकिए पनि अनुसन्धान गर्दै जाँदा खुल्दै जाने प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए । सशस्त्र द्वन्द्वकालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएका गोली तीन प्लाष्टिकका ड्रममा व्यवस्थित ढङ्गले गाडेर राखिएको अवस्थामा भेटिएको थियो । नेपाली सेनाको विशेष सक्रियतामा गाडिएको अवस्थाबाट निकालिएको उक्त गोलीलाई कानूनी प्रक्रियाअनुसार सुरक्षित राखिने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *