मर्स्याङ्यादीमा छाडिए ५७ हजार माछाका भुरा

डिसी नेपाल
६ पुष २०७६ २१:१२

लमजुङ । मर्स्याङ्यादी नदीमा माछा लोप हुन नदिन ५७ हजार माछाका भुरा छाडिएको छ । आज बँेसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्यमर्स्याङ्यादी जलविद्युत् आयोजनाले नदीमा माछा छाडेको हो ।

मध्यमर्स्याङ्यादी आयोजना निर्माणका क्रममा बाँधमा माछा आउजाउ गर्न मिल्ने गरी संरचना नबनाइएकाले तल्लो भेगको उपल्लो भेगमा माछा आउन नसकेपछि माथिल्लो भेगको ह्यचरीमा भुरा छाडिएको आयोजना केन्द्र प्रमुख शिवकुमार शाहले बताए । उनले भने, “यहाँ वातावरणमा प्रभाव परेकाले माछा लोप हुँदै गएका र लोप हुनबाट जोगाउनका लागि माछाको उत्पादन गर्ने लक्ष्यले भुरा माछा छाडेका छौँ । गर्दी, हाडे, ठेड गरी तीन जातका माछा नदीमा छाडेको आयोजनाले जनाएको छ ।

स्याङ्जामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा रहेको माछा ल्याएर छाडिएको आयोजना केन्द्र प्रमुख शाहले बताए । चार वर्षयता यहाँ पहिलो पटक माछाका भुरा नदीमा छाडेको आयोजनाले जनाएको छ । वर्खामा ड्याम साइडको गेट खोलेका बेलामा भने तलका माथि र माथि रहेका माछा तल आउजाउ गर्न सक्ने बताइएको छ । सन् २००० मा निर्माण कार्य थालनी गरेर सन् २००८ मा निर्माण कार्य सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन शुरु भएको थियो । आयोजना रु २७ अर्ब २० करोड लगानीमा निर्माण भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *