काठमाडौँको हात्तीगौंडाबाट विप्लवका ६ जना नेता पक्राउ

डिसी नेपाल
७ पुष २०७६ ७:३७

काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा) का ६ जना नेता पक्राउ परेका छन् । आइतबार काठमाडौँको हात्तीगौंडाबाट विप्लव (नेकपा) निकट युवा संगठनका ६ जना नेता पक्राउ परेको विप्लव निकट स्रोतले जनाएको छ ।

पक्राउ पर्नेहरुमा युवा संगठनका केन्द्रीय सचिव तथा मध्यकमाण्ड इन्चार्ज सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय सदस्य तथा कार्यालय सचिव वकिल घर्ती मगर, युवा संगठन सोलुखुम्बु इन्चार्ज त्रिलोचन विक र केन्द्रीय सदस्य तथा उदयपुरका नेता दुर्खाबहादुर तामाङ रहेका छन् ।

प्रहरीको विशेष ब्यूरोले हात्तीगौंडास्थित भूमिगत रुपमा सञ्चालित कार्यालयमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ नेकपा नेताहरुको साथबाट केही थान गोलीसहितका पेस्तोल बरामद भएको भनिएपनि पनि के कति परिणाममा फेला परेको हो भन्नेबारे पुष्टी हुन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *