न्यूयोर्कमा ‘नबराज केसी डे’ भब्य रुपमा सम्पन्न

न्यूयोर्क, अमेरिका । अमेरिकाको न्यूयोर्कमा डिसेम्बर २२ का दिन नबराज केसीको सम्मान गर्दै “नबराज केसी डे” मनाइएको छ। अमेरिकन हाउस अफ रिप्रेजेन्टिटिभ र अमेरिकन कङ्रेसकी सदस्य ग्रेस मिङ द्वरा हस्ताक्षर गरिएको प्रोकेलेमेसनमा केसीलाई लाईफ टाइम अचिभमेन्ट प्रदान गरिएको छ।
न्यूयोर्क निवासी नबराज केसी एक बौद्धिक नेतृत्व क्षमता भएका व्यक्तिको रुपमा चिनिन्छ । उनले अमेरिकाको डिक्युन विश्वविद्यालय पितस्बर्गबाट ग्लोबल लिडररशिपमा मास्टर गरेका छन्।
न्यूयोर्कको ज्याक्सन हाइट्समा अवस्थित ब्याम्बो हाउस रेस्टुरेन्ट एन्ड बारमा भएको उक्त कार्यक्रममा ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक एडम्स बिशेष अतिथिको रुपमा सहभागी थिए।
नेपाली समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरुको विशेष उपस्थिती रहेको कार्यक्रममा काउन्सिल मेम्बर फर्नान्डो काब्रेराको पनि उपस्थिती रहेको थियो।
नबराज केसी रोटरी क्लब कुइन्सका प्रेसिडेन्ट तथा हामी नेपाली संस्थाको उपाध्यक्ष समेत हुन। समाजको हरेक गतिविधीमा अग्रसर रहने केसी विशेष गरी युवाहरुबीचमा निकै लोकप्रिय छन्।
Facebook Comment