पौराणिक कथामा बन्यो चलचित्र ‘जिउँदो’, सार्वजनिक गरियो ट्रेलर

डिसी नेपाल
७ पुष २०७६ १०:५१

काठमाडौं। पौराणिक कथामा निर्माण भएको चलचित्र ‘जिउँदो’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। दार्जिलिङमा निर्माण भएको चलचित्रको ट्रेलर इन्टरनेटमा सार्वजनिक गरिएको हो। चलचित्रमा पूर्वी नेपाल तथा दार्जिलिङका स्थानिय कलाकारहरुको अभिनय रहेको छ।

अलमिस्ट सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएपनि प्रदर्शन मिति भने पक्का गरिएको छैन्। निर्माण टिमका अनुसार माघ वा फागुनभित्र चलचित्र प्रदर्शन गर्ने लक्ष्य रहेको छ।

चलचित्रमा श्रद्धा शर्मा, प्रनिशा गहतराज, अलमिस्ट सुब्बा, बिरबल सुब्बा, अन्ना डन्नेबर्गा, एभलीन स्टिम्पफिग, पुजन घिसिङ, बुद्धिमान राई, प्रशान्त बराईली, निखिल गुरुङ, अशोक तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।

रोशन लखोटिया, नम्रता शर्मा र आशिष सुब्बा निर्माता रहेको चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक सुब्बाले लेखेका हुन्। अभिजित सरकार कार्यकारी, चंचल थापा र भास्कर थामीको छायाँकन, समीर शर्मा, रजत विश्वास, अभिषेक ‘पिकोलो’ राई, सुमित राई, दिवस विश्वासको संगीत र चंचल थापा, स्यानन्त नाग, निर्देशक अलमिस्ट सुब्बाको सम्पादन चलचित्रमा रहेको छ।

अलमिस्ट प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भएको चलचित्रको सम्पूर्ण छायाँकन पूर्वी नेपाल र भारतको दार्जिलिङमा गरिएको हो।

चलचित्र वितरणको जिम्मा भारतका लागि भि मोसन पिक्चर्स र नेपालका लागि सुनिल मानन्धरले लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *