आज यूके पाउण्डसहित केही देशको भाउ घट्यो

डिसी नेपाल
७ पुष २०७६ ११:३८

काठमाडौं । आज पुस ७ गते सोमबार विदेशी मुद्राको भाउ मिस्रित रहेको छ । अमेरिकी डलरसहित धेरै देशको विनिमयदर स्थिर रहेको छ भने यूके पाउण्डसहित केही देशको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५० पैसा तथा बिक्रिदर ११४ रुपैयाँ १० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ५४ पैसा र बिक्रिदर १४८ रुपैयाँ ३२ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ८२ पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ २ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ६१ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *