दीपकराज लेख्छन् ‘देशै उताबाट चल्या छ, हलको के कुरा ?’
काठमाडौं। निर्माता तथा कलाकार दीपकराज गिरी आफूलाई लागेका कुरा फेसबुकमा लेखिहाल्छन्। चाहे, चलचित्र क्षेत्रका कुरा होस्, चाहे राजनीतिक।
पछिल्लो समय गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दबंग–३’लाई नेपालका हलहरुले अत्याधिक शोज उपलब्ध गराएपछि दीपकले आक्रोशपूर्ण स्टाट्स लेखेका छन्। शुरुमा दीपकराजको समूहसंग मिलेर ‘छ माया छपक्कै’ निर्माण गरेका रोहित अधिकारीले फेसबुकमा आक्रोश पोखेका थिए। उनले लेखेका छन्, –‘हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा कसरी गर्छन् त हलवालाहरु देखिहाल्नुभयो। यो ‘दबंग’भन्दा ४–५ गुणा बढी हाम्रो नेपाली फिल्म ‘६क्कापन्जा’ सिरिजहरु चलेका थिए तर शोजचाँही चार–पाँचजना गुणा थियो। त्यो नेपाली फिल्म भएरै कम दिइएको थियो।’
दीपकराज अधिकारीको त्यही स्टाटस शेयर गर्दै लेखेका छन्, ‘सत्य कुरा। सहि हो। देशै उताबाटै चल्या छ। हलको के कुरा? निर्माताहरु हलवालासँग डराउँछन्, हलवाला वितरकसँग डराउँछन्। वितरक उताको खान्छन् अनि यता कराउँछन्।’ शुक्रवार क्युएफएक्स चेनमा मात्रै ‘दबंग ३’लाई ८८ शो दिइएको थियो। क्युएफएक्सले यसअघि कुनै पनि चलचित्रलाई यति धेरै शो उपलब्ध गराएको थिएन।
गत असोजमा प्रदर्शनमा आएको रोहित र दीपकराजको चलचित्र ‘छ माया छपक्कै’ ले मल्टिप्लेक्स हलमा पर्याप्त शो पाएको थिएन्। त्यतिबेला पनि निर्माण टिमले प्रयाप्त शोज नपाएको भनदै गुनासो गरेको थियो।
Facebook Comment