झारखंडमा भाजपाको सत्ता खुस्किने संकेत, मोदी आफैं पुगेका २७ मध्ये १७ सिटमा पछाडि

डिसी नेपाल
७ पुष २०७६ १३:५९

राँची। भारतको झारखंड राज्यमा भारतीय जनता पार्टीको सत्ता गुम्ने देखिएको छ । जारी मतगणनामा कांग्रेस र झारखंड मुक्ति मोर्चाको गठबन्धनले ४२ सिटमा अग्रता लिइरहेको छ । कूल ८१ सिट रहेको यो राज्यमा ४१ सिट जितेमा बहुमत पुग्छ ।

अहिले यहाँ भाजपाको सरकार छ । तर, मतगणनाको प्रारम्भिक रुझानमा यहाँका मुख्यमन्त्री नै पछाडि छन् । मुख्यमन्त्री रघुबर दाससहित उनको मन्त्रीमण्डलका १० मन्त्रीमध्ये ५ मन्त्री प्रारम्भिक गणनामा पछि परेका छन् । उता दुमकामा यसअघिको चुनावमा झामुमोका अध्यक्ष हेमन्त सोरेनलाई नै हराएका मन्त्री लुइस मरांडी पनि पछि परेका छन् ।

यो राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेशमा ९ र्याली गरेर २७ सिटको निर्वाचन क्षेत्रमा आफैं पुगेका थिए । यीमध्ये १७ सिटमा भाजपाका उम्मेदवार पछि परेका छन् । प्रदेशमा ३० नोभेम्बरदेखि २० डिसेम्बरसम्म ५ चरणमा मतदान भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *