मलेसियाको पेनाङमा नेपाल माझी उत्थान संघको शाखा गठन
मलेसिया । मलेसियाको पेनाङमा नेपाल माझी उत्थान संघको गठन गरिएको छ । नेपाल माझी उत्थान संघ मलेसियाका केन्द्रीय अध्यक्ष चन्द्र माझीको संयोजकत्वमा पेनाङस्थित तामान प्लाङगीमा आइतबार एक भेलाको आयोजना गरि पेनाङ शाखा गठन गरेको हो।
शाखा समितिको अध्यक्षमा छविन्द्र माझी, उपाध्यक्षमा माया माझी, सचिवमा राम कुमार माझी, सहसचिवमा मखमली माझी, कोषाध्यक्षमा सन्तोष माझी र सहकोषाध्यक्ष लाल बहादुर माझी चुनिएका छन् ।
त्यस्तै सदस्यहरूमा कटक माझी, रत्न माझी र बिनेश माझी रहेका छन्।
मृगौला पीडितलाई आर्थिक सहयोग
उक्त नवगठित समितिको सक्रियतामा मृगौला पीडित समीर माझीको उपचारार्थ संकलित सहयोग रकम ६० हजार ६ सय ५८ नेपाल रुपैयाँ बुबा गोपाल माझीको नाममा आईएमई गरि नेपाल पठाएको छ ।
समीर माझी झापा शिवसतासी ७ निवासी हुन । दश वर्षको उमेरमा नै दुबै मृगौला रोगबाट पीडित उनको हाल टिचिङ हस्पिटलमा उपचार भइरहेको छ ।
Facebook Comment