नविल बैंकले कर्जा दिने वा नदिने निर्णय ३५ घण्टामा गर्ने
काठमाडौं । नविल बैंकले साना तथा मझौला ऋणका लागि आवेदन दिएको ३५ घण्टामा कर्जा दिने या नदिने निर्णय दिने भएको छ ।
बैंकले ३५ वर्ष पुगेको अवसरमा ७५ लाख सम्मको साना तथा मझौला कर्जा ३५ घण्टा भित्र दिने या नदिने निर्णय गर्नेगरी स्किम ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रमुख कार्यकारी अधिकृत शाहले यस्तो कर्जाको ब्याजदर साढे १० प्रतिशत हुने समेत बताएका छन् । उनले नबिल बैंकले अहिले ठुला कर्जा तथा निक्षेपलाई बढि महत्व दिदै आएको अवस्थामा विशेष एसएमई डेस्क निर्माण गरी साना तथा मझौला उद्योगहरुलाई प्रोत्साहन गर्न खोजेको बताए ।
अहिलेको एसएमई भोलिको कर्पोरेट रहेको भन्दै प्रमुख कार्यकारी अधिकृत शाहले बैंकले सबै शाखा मार्फत यो सुविधा उपलब्ध गराएको समेत बताए । नबिल बैंकको काठमाडौं उपत्यकामा २६ र उपत्यका बाहिर ६६ गरी कुल ९२ वटा बैंकिङ शाखा सञ्चालनमा रहेका छन् ।
Facebook Comment