होन्डुरस जेलभित्र भएको झडपमा थप १८ को मृत्यु, मृत्यु हुनेको संख्या ३६ पुग्यो
होन्डुरस । होन्डुरसको मध्यक्षेत्रमा रहेको एक जेलमा कैदीहरूबीच आइतबार हिंसात्मक झडप हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको भएको यहाँका अधिकारीले बताएका छन् ।
होन्डुरसको जेलमा दुई दिन पहिले पनि दुई समूहबीच झडप हुँदा अन्य १८ कैँदीको मृत्यु भएको थियो भने अन्य १६ कैँदी सख्त घाइते भएका थिए ।
होन्डुरसका जेलमा हिंसात्मक झडपका दुई दिनको अवधिमा भएका दुई हिंसात्मक घटनामा ३६ जनाले ज्यान गुमाएका र दजनौँ व्यक्ति घाइते भएपछि सरकारले आफ्ना जेलहरूमा सङ्कटकाल घोषणा गरेको छ ।
यहाँको सुरक्षा नेतृत्वले झडपका समय बन्दीगृहको सुरक्षार्थ खटिएका सुरक्षा अधिकारीलाई छ महिनाका लागि निलम्बन गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
मध्य अमेरिकी मुलुक होन्डुरसको जेलहरूमा क्षमताभन्दा बढी कैँदीहरू राखिने गरिएको छ । कमजोर जेल प्रशासनको फाइदा हुँदै जेलभित्र पनि गुट उपगुट र तीनका नाइकेले आफ्नो प्रभाब देखाउन जेलभित्र हिंसात्मक आक्रमण हुनु होन्डुरसका लागि सामान्य घटनाजस्तै मानिन्छ । यहाँ पटक पटक यस प्रकारका घटना दोहोरिने गर्छन् ।
समाजमा आपराधिक गतिविधिमा सम्लग्न समूहका जेल बाहिर विभिन्न झगडामा प्रकट गर्न नसकेका रोषका घटनाले जेलभित्र हिंसात्मक स्वरूप लिने गर्छन् ।
Facebook Comment