अफगानिस्तानमा एक अमेरिकी सैनिकको मृत्यु

डिसी नेपाल
७ पुष २०७६ २१:४१

काबुल । अफगानिस्तानमा सोमबार एक अमेरिकी सैनिक समूहका एक सदस्यको ‘कर्तव्य निर्वाहका क्रममा’ मृत्यु भएको अफगानिस्तानको समाचार संस्था ‘टोलो न्युज’ले अमेरिकी सेनाद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी जनाएको छ ।

यद्यपि अमेरिकी रक्षा मन्त्रालयको नीतिमा कामका शिलशिलामा मृत्यु भएका सदस्यहरूको नाम २४ घण्टासम्म सार्वजनिक नगरिने भएकाले मारिने अमेरिकी व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन । तीन हप्ता पहिले अफगानिस्तानको लोगार प्रान्तमा दुई अमेरिकी सैनिकको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

यस वर्ष अफगानिस्तानमा कर्तब्य निर्बाहका क्रममा मृत्यु भएका अमेरिकी सैनिकहरूको सङ्ख्या २० पुगेको छ । अफगानिस्तानमा अहिले करिब १२ हजार अमेरिकाका सैनिकहरू छन् । जसले अफगान सुरक्षा बललाई तालिम दिने, सल्लाह दिने र सहयोग गर्ने र आतंकवाद विरोधी अभियान सञ्चालनमा सम्लग्न छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *