१९ जना कर्मचारीले आत्महत्या गरेपछि कम्पनीका पूर्व म्यानेजरलाई जेल

डिसी नेपाल
८ पुष २०७६ ११:३८

काठमाडौं। १९ जना तनावग्रस्त कर्मचारीले आत्महत्या गरेपछि फ्रान्सको एक मोवाइल कम्पनीका पूर्व म्यानेजरलाई ४ महिनाको जेल सजाय सुनाइएको छ । फ्रान्स टेलिकमका पूर्व म्यानेजर ७७ वर्षका डिडियर लोम्बार्ड र अन्य व्यवस्थापकीय तहका व्यक्तिहरुलाई ‘संस्थागत हिंसा’मा दोषी ठहर गरिएको हो । कम्पनीले इतिहासमै ठूलो पुनर्संरचना गर्दै ३ वर्षको अवधिमा आफ्ना २२ हजार कर्मचारीमध्ये २० प्रतिशतलाई कामबाट निकालेको थियो । डेलीमेलको समाचार अनुसार यसरी कर्मचारी कटौती गर्दा कम्पनीले प्रतिबन्धित विधि अपनाएको अदालतले ठहर गरेको छ ।

लोम्बार्डलाई १२ महिनाको जेल सजाय र १२ हजार ९०० पाउण्ड जरिवानाको सजाय सुनाइएको हो जसमध्ये ८ महिनाको सजाय सस्पेंड गरिएको छ । पूर्व म्यानेजर लोम्बार्डसहित पूर्व डेपुटी म्यानेजर लुइस पियरे वेनेस र मानव सांधन निर्देशक ओलिभियर बार्बेरोटलाई एउटै सजाय सुनाइएको हो । यसबाहेक कम्पनीलाई पनि ६४ हजार पाउण्ड जरिवाता तोकिएको छ । अन्य चार जनालाई नैतिक हिंसामा सघाएको अभियोगमा दोषी ठहर गर्दै ४ महिनाको सस्पेन्डेड जेल र ४ हजार ३ सय पाउण्ड जरिवानाको सजाय सुनाइएको छ । प्रतिवादीहरुले पीडितका परिवारलाई २.५७ मिलियन पाउण्ड क्षतिपूर्तिसमेत तिर्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *