समाजवादी पार्टी सरकारबाट बाहिरियो, उपप्रधानमन्त्री यादव र इस्तियाक राईद्वारा राजीनामा

डिसी नेपाल
८ पुष २०७६ १५:१३

काठमाडौं। समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उपप्रधानमन्त्री एवं कानुन मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री इस्तियाक राईले पदबाट राजीनामा दिएका छन्।

उपप्रधानमन्त्री यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राजीनामा बुझाएका हुन्। यसैगरी शहरी विकास मन्त्री राईले पनि मंगलबार नै राजीनामा बुझाएका थिए। मंगलबार बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

समाजवादी पार्टीले आफूसँग भएको पूर्व सहमति कार्यान्वयन गर्न सरकारले तत्परता नदेखाएको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो। समाजवादी पार्टी संविधान संशोधन गर्ने शर्तमा सरकारमा सहभागी भएको थियो।

तर सरकारमा सहभागी भएको दुई वर्ष हुन लाग्दासमेत सरकारले संविधान संशोधन गर्न रुची नदेखाएको भन्दै सरकारबाट बाहिरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *