सरकारमा सहभागी हुन राजपाका तीन पूर्व सर्त

डिसी नेपाल
९ पुष २०७६ १०:११

काठमाडौं। उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि राजपाले सरकारमका सहभागी हुने विषयमा प्रधानमन्त्री केपी ओलीसँग केही शर्तहरु अगाडि सारेको छ।

मंसिर ३० गते प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा प्रधानमन्त्री ओलीसहित नेकपा नेताहरु र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहितका नेताहरुबीचको छलफलमा तीन वटा विषय सम्वोधन गर्ने हो भने राजपा सरकारमा जान तयार भएको जानकारी प्रधानमन्त्रीलार्ई दिइएको थियो।

राजपा महासचिव केशव झाले डिसी नेपालसँग कुरा गर्दै सरकारमा जाने पूर्वसर्तका रुपमा मधेस आन्दोलनका क्रममा पक्राउ परेका बन्दी रिहा, आन्दोलनका क्रममा लगाइएको झुटा मुद्दा खारेज र संविधान संशोधन गर्ने पूर्वसर्त पूरा भए दुई नम्बर प्रदेशको सत्ता समिकरण समेत परिवर्तन गरिने गरी सरकारमा सहभागी हुने जानकारी गराइएको बताए।

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले आफूहरुको माग पूरा नभएसम्म सरकारमा जाने र समर्थन गर्न नसकिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *