आफ्नो घरअगाडिको रुखको बोक्रा ताछ्दा ८८ लाख जरिवाना !

डिसी नेपाल
९ पुष २०७६ ११:१३

काठमाडौं। एक व्यक्तिलाई आफ्नो घरअगाडि रहेको रुखको बोक्रा ताछेको आरोपमा ६० हजार पाउण्ड (८८ लाख ६० हजार नेपाली रुपैयाँ) जरिवाना तिर्न आदेश दिइएको छ । बेलायती मिडिया द सनका अनुसार बेलायतको एसेक्सका स्टिफन लरेन्स नामका ती व्यक्तिले आफ्नो घरअगाडि रहेको एक रुखको बोक्रा ताछेका थिए ।

लरेन्सले पहिले रुख हटाउनको लागि स्थानीय प्रशासनलाई २ पदक आवेदन दिएका थिए तर दुवै आवेदन प्रशासनले खारेज गरिदियो । त्यसपछि लरेन्सले रुखको फेदको बोक्रा ताछिदिए र त्यहाँ २ वटा प्वाल पारिदिए ताकि रुख सुकोस् र यलाई हटाउन सजिलो होस् ।

उजुरी आएपछि काउन्सिलले लरेन्ले रुखलाई ठूलो क्षति पुर्याएको र यसका कारण रुख ढल्न सक्ने ठहर गर्यो । अधिकारीहरुले लरेन्सलाई १२ डिसेम्बरमा स्थानीय अदालतमा पेश गरेका थिए । अदालतमा लरेन्सले जानीजानी रुखलाई क्षति पुर्याएको स्वीकार गरे । त्यसपछि अदालतले पहिलो आदेशमा लरेन्समाथि ९० हजार पाउण्ड जरिवाना लगाएको थियो । पछि लरेन्सले पुनरावलोकनको निवेदन दिएपछि अदालतले जरिवाना घटाएर ६० हजार पाउण्ड बनाएको हो ।

सस्टेनेबल कम्युनिटीज क्याबिनेटका सदस्य र काउन्सिलर माइक मेक्ररीका अनुसार जरिवानाको रकम रुखको उमेर र उसको मूल्यलाई हेरेर निर्धारण गरिएको हो । रुख निकै पुरानो हो । स्थानीय निवासीका बालबालिका दिनहुँ रुखमुनि खेल्छन् । यसले कार्बनलाई सोस्छ र त्यहाँको पर्यावरणको लागि रुखको उपयोगिता अहिले पनि धेरै छ ।

काउन्सिल अधिकारीहरुका अनुसार लरेन्सको सेकेण्ड ग्रेड सम्पत्तिको तुलनामा रुखको उपयोगिता अधिक छ । १९०८ मा घर बनेको करिब २० वर्षपछि यो रुख रोपिएको थियो । लरेन्सले रुखलाई नोकन पुर्याएको उजुरी यही वर्ष जनवरीमा पत्र लेखेर दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *