सरकार विरुद्ध खनिए बाबुराम, सडक आन्दोलनमा जाने चेतावनी
काठमाडौं। समाजावादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफुले संविधान संशोधनको मद्दा सुरुबाट नै उठाएको बताइका छन्। पार्टीले गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले आफू पूर्व माओवादीमा हुँदा देखि नै संविधान संशोधनको पक्षमा रहेको बताएका हुन्।
पहिचानमा आधारित संघीयता, शासकीय स्वरुप, नागरिकताको विषय, महिलाहरुको विभेदका विषयहरु पार्टी मुद्दा भएको उनले बताए। ‘संशोधनका लागि सरकारमा भएको समयमा सडकमा गएर दबाव दिन नमिल्ने अवस्थामा संसद र छलफलबाट कुरा अगाडि बढाउनुपर्छ भन्ने थियो अब उहाँहरुले नै बाटो खोल्नुभएको छ। अब सडकमा जान्छौँ’’, उनले भने।
प्रधानमन्त्री एवं पार्टी अध्यक्षले संविधान संशोधन गर्नुपर्छ भनेर हस्ताक्षर गर्ने तर सरकारका प्रवक्ताले संविधानको प्रश्नलाई कसैको सपना पूरा हुँदैन भन्दै जानु उपयुक्त नभएको भट्टराईको भनाइ थियो। ‘जसले जे सपना देख्छ पूरा हुँदैन भनेर सरकारको प्रवक्ताले भन्छन्। संविधान संशोधन कसैको सपना हो? संविधान संशोधन गर्नुपर्छ भनेर पार्टी अध्यक्षले हस्ताक्षर गर्ने अहिले संविधानको प्रश्न भनेको सपना हो भन्न मिल्छ,’ उनले भने।
सरकार निरंकुशतातर्फ जाँदै गरेको आरोप पनि भट्टराईले लगाए। सरकारले ल्याएका केही मानव अधिकार विधेयक र सञ्चार विधेयक, व्यक्तिका निजी गोपनियतालाई समेत उलंघन गर्ने गरी गुप्तचर परिचलन गरी अधिकार दिनुले पनि सरकार निरंकुशतातर्फ गएको उनले बताए। सरकारी सम्पत्ति र राजदरबारबाट खोसेको सम्पत्ति कौडीको मूल्यमा दिएर सरकारले राष्ट्रघात गरेके उनको आरोप छ।
Facebook Comment