जापानमा नेपाली ढाँकाटोपी दिवश मनाइने
टोकियो । जापानमा सक्रिय नेपाली युवाहरुको समुह एमआरआर मेन्स रुम रिलोडड जापानले सन् २०२० को जनवरी १ तारिखमा ढाकाटोपी दिवस मनाउने भएको छ ।
विगतका बर्षहरुमा जस्तै परदेशमा रहेरपनि राष्ट्रको लागी एकजुट भएर अगाडी बढ्नुपर्छ भन्ने मूल नाराका साथ राष्ट्रिय ढाँका टोपी दिवस आयोजना गरिएको आयोजक कमिटिले जनाएको छ ।
विगतका बर्षहरुमा भन्दा केही फरक तरिकाले राष्ट्रिय ढाँका टोपी दिवस मनाउने तयारी अनुसार यसपटक डा. महाविर पुनको पहलमा निर्माण भईरहेको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग रकम संकलन समेत गरिने भएका छ ।
ऋण माग्दै देशलाई शक्तिशाली बनाउने साहस गर्नु भएका डा. महाबिर पुनको फेसबुक स्टाटस हेरेपछि केही सहयोग गरौ भन्ने मनसायले आर्थिक सहयोग संकलन गर्न लागिएको आयोजकहरुले बताएका छन् ।
हरेक बर्षजस्तै यसवर्ष जापानमा रहेका युवाहरुबिच भेटघाट सहित ढाँका टोपी दिवस मनाउँदै आएको एमआरआरले नेपालमा सामाजिक कार्यमा सहयोग सँगै सामाजिक अभियान समेत सञ्चालन गर्दै आएको छ ।
स्मरणीय छ एमआरआर जापानले केही समयअघि चितवनको एक विद्यालयलाई आर्थिक रकम समेत सहयोग गरेको थियो ।
Facebook Comment